८ बैशाख २०८१, शनिबार
नेपालगञ्ज नर्सिङ्ग क्याम्पस सहित १५ वटा शिक्षण संस्थाहरूमा भर्ना प्रक्रिया रद्द


२४ मंसिर, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायीक परीषद् ९सिटिइभिटी० अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले देशभरका विभिन्न १५ कलेजमा पिसिएल नर्सिङ तहको भर्ना कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ ।

सिटिइभिटीले बुधबार एक सुचना जारी गर्दै चिकित्सा शिक्षा आयोगले २०७८ साल मंसिर १० गते पठाएको पत्र अनुसार विभिन्न १५ कलेजमा शैक्षिक सत्र २०७८र०७९ को भर्ना प्रक्रिया रद्द गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।

सिटिइभिटीले जारी गरेको सुचनामा भनिएको छ, ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, स्तर निर्धारण महाशाखाको च।नं १३२९, मिति २०७८।०८।२१ गतेको पत्रानुसार–“प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को मिति २०७८।०७।१७ गते बसेको १८६औं बैठकको निर्णय नं १०९४ तथा परिषद् कार्यालयको मिति २०७८।०८।०६ गतेको निर्णय अनुसार परिषद्कार्यालयको मिति २०७८।०८।०७, च।नं १२१७ को पत्रबाट प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रममा शैक्षिक शत्र२०७८÷०७९ को भर्ना प्रकृयाका लागि पठाइएको सूची मध्येका चिकित्सा शिक्षा आयोगको च।नं १८१ र १८९ मिति २०७८।०८।१० गतेको पत्रबाट राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको मिति २०७७।०४।३० गतेको निर्णयको प्रतिकुल भएकोले त्यस्ता शिक्षण संस्थामा बिद्यार्थी भर्ना सम्वन्धी भएका सूचना रद्ध गर्न लेखि आएकाले संलग्न सूचीमा उल्लेखित १५ वटा संस्थाको हकमा अर्को सूचना नहुन्जेल सम्मका लागि प्रशिक्षार्थी भर्ना प्रकृया स्थगन गरी उक्त शिक्षण संस्थाहरुमा भर्नाका लागि आवेदन गरेका आवेदक प्रशिक्षार्थीहरुको हकमा आवेदन शुल्क फिर्ता दिने वा प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रम संचालन गर्न अनुमति पाएका अन्य शिक्षण संस्थामा आवेदन गर्न चाहेमा समेत सहभागी हुन पाउने गरी व्यवस्था मिलाउनु हुन” भनी परिषद् कार्यालयको मिति २०७८।०८।२१ गतेको निर्णयानुसार लेखि आएको हुंदा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्यस्तै, सिटिइभिटीले भर्ना प्रक्रिया रद्द गरेका कलेजहरूमा विद्यार्थी भर्ना भइसकेको भए विद्यार्थीले तिरेको शुल्क फिर्ता दिन पनि निर्देशन दिएको छ । त्यसैगरी, विद्यार्थीहरूले भने सुचनामा उल्लेखित भएका बाहेक अन्य शिक्षण संस्थामा भर्ना गर्न पाउने जानकारी दिइएको छ ।

यी हुन् सिटिइभिटीले भर्ना प्रक्रिया रद्द गर्न निर्देशन दिएका १५ कलेजहरू 

१ नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा।लि, मोरङ्ग
२ नेशनल मेडिकल कलेज, पर्सा
३ बि एण्ड बि नर्सिङ्ग कलेज, ललितपुर
४ नागरिक कम्यूनिटि टिचिङ्ग हस्पिटल प्रा, भक्तपुर
५ ९ल्एक्ष्० नारायणी सामुदायिक हस्पिटल, चितवन
६ कलेज अफ मेडिकल साइन्स, चितवन
७ अल्का इन्ष्टिच्यूट अफ मेडिकल साइन्स ९अल्का हस्पिटल०, ललितपुर
८ नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थान, काठमाण्डौ
९ काठमाण्डौ मोडेल हस्पिटल, स्कुल अफ नर्सिङ्ग, काठमाण्डौ
१०  मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्स, ललितपुर
११  ओम हेल्थ क्याम्पस, काठमाण्डौ
१२  मनिपाल कलेज अफ मेडिकल साइन्स, कास्की
१३ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल, तानसेन न।पा ११, पाल्पा
१४  देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, रुपन्देही
१५  नेपालगञ्ज नर्सिङ्ग क्याम्पस, कोहलपुर, बांके

Nabintech