११ बैशाख २०८१, मंगलवार
माओवादी लुम्बिनी प्रदेश सम्मेलन को तयारी पुरा


कोहलपुर /माओवादी केन्द्र लुम्बिनी प्रदेशको प्रथम सम्मेलन को तयारी पुरा भएको माओवादीले जनाएको छ । दाङको भालुवाङमा हुने सम्मेलन बाट नयाँ नेतृत्वको चएन हुने माओवादी केन्द्रका प्रदेश सचिव जग प्रसाद शर्मा अपारले जानकारी दिए ।

पार्टीमा प्रदेश नेतृत्वको विशेष भूमिका रहने भएकाले नेतृत्वका आंकाक्षिहरु आन्तरीक कसरतमा लागेको एक नेताले जानकारी दिए ।

२५ र २६ मंसिरमा हुन लागेको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रूपमा उद्घाटन गर्नेछन् । लुम्बिनीबाट ८ सय प्रतिनिधि तथा त्यत्तिकै संख्यामा पर्यवेक्षक रहने छन ।  अपारका अनुसार सर्वसम्मत रुपमा नेतृत्व चएन हुनेछ । अपारका अनुसार धेरै आंकाक्षि हुनु स्वाभाबिकै रहे पनि सर्वसम्मत रुपमा नेतृत्व चएन हुने छ ।

माओवादीले लुम्बिनी प्रदेशको १ सय ९ वटा पालिका, निर्वाचनक्षेत्रलाई भूगोल मानेर भूगोलबाट ६ सय प्रतिनिधि छानेको छ भने आयोजक, ज्येष्ठ कम्युनिस्ट मञ्च, विभिन्न विभाग र मनोनीत गरी थप २ सय प्रतिनिधि गरी ८ सय प्रतिनिधि छानेको नेता अपारले जानकारी दिए । सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

उनका अनुसार माओवादीले यसपटक स्थानीय पालिकालाई कार्यकारी बनाएको छ । लुम्बिनी प्रदेशका १०९ वटै पालिकाबाट सम्मेलनमा भौगोलिक उपस्थिति हुनेछन् । माओवादीको लुम्बिनी प्रदेश कमिटी २५३ सदस्यीय   हुनेछ ।कमिटीमा १०९ जना पालिकाबाट छानिनेछन्, ।

मुलुक संघीयतामा गएसँगै जिल्ला संरचना खारेज भएको अवस्थामा पालिकालाई कार्यकारी बनाइएको माओवादीको भनाइ छ ।

माओवादीको हाल कायम रहेको जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति बनाइने छ भने केन्द्र, प्रदेश र पालिकास्तरीय समिति कार्यकारी रहनेछन् । पालिकाको सम्बन्ध प्रदेश कमिटीसँग र प्रदेशको सम्बन्ध केन्द्रीय कमिटीसँग रहनेछ ।

Nabintech