१४ बैशाख २०८१, शुक्रबार
भूमिहिन सुकम्वासीहरु निरन्तर संघर्षमा


कोहलपुर/भुमिहिन सुकुम्वासीहरुको पुर्ण रुपमा अधिकार नपाउँदा सम्म निरन्तर संघर्ष गरिरहने अखिल नेपाल सुकुम्वासी संघले जनाएको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै देशै भरी निकै पीडा र संघर्षमा जिवन विताइ रहेका भूमिहिन सुकुम्वासीहरुको गास बास कपासको ग्यारेन्टी गरिनुका साथै उनीहरु बसेकै ठाउँबाट नेपाली नागरिकता, विद्युत, पानी मतदाता परिचय पत्र उपलब्ध गराउनु पर्ने माग राखेको छ ।
अखिल नेपाल सुकुम्वासी संघका अध्यक्ष अम्बर परियार र महासचिव प्रकाश खरेल द्धारा प्रकाशित विजप्तीमा नेपाल सरकारले भर्खरै भूमिहिन सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्न राष्ट्रिय भूमि आयोग गठन गरेकोमा खुशि व्यक्त गर्दै तदारुकताका साथ उक्त आयोगलाई काम अगाडी बढाउन माग समेत गरेको छन । केपी वली प्रधान मन्त्री भएको बेला आयोग गठनको नाममा गरिव भूमिहिन सुकुम्वासीहरुको भावना माथी खेलवाड गर्ने काम भएको भन्दै अहिलेको वर्तमान माओवादी केन्द्रको नेतृत्वमा रहेको भुमिसुधार मन्त्रालयले सबै मागहरुलाई पुरा गर्नमा आफुहरु विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ । भूमिहिन, सुकुम्वासी, हलिया, हरुवा चरुवाहरुको पुर्ण मुक्तीका लागी निरन्तर रुपमा वलिदानी पुर्ण संघर्ष गर्दै आएको बताउदै अखिल नेपाल सुकुम्वासी संघले देशै भरीका उत्पीडित भूमिहिनहरुलाई एक जुट हुन आग्रह समेत गरेको छ । संघले हरुवा, चरुवा, भूमिहिन किसान उत्पीडित बर्गको अधिकार सुनिश्चिताका लागी सम्वन्धीत सबै तहलाई गम्भीरता पुर्वक लाग्न आग्रह समेत गरेको छ ।

 

Nabintech