१३ बैशाख २०८१, बिहीबार
कर्मचारी माथी गरिएको दुब्र्यवहार बारे छानविन गर्न दलहरुकोे माग


खजुरा /
खजुरा गांउपालिकामा कर्मचारी माथि कार्यालय भित्र गरिएको दुव्र्यवहार बारे छानविन गर्न राजनीतिक दलहरुले माग गरेका छन् ।
विहीबार राजनितिक दलहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै खजुरा गापामा भएको पिकनिक काण्ड पछि उत्पन्न घटनाक्रमका बारेमा छानबिन गरि दोषीलाई कानुनको दायरामा ल्याउन खजुरा स्थीत राजनैतिक दलहरुले विज्ञप्ती मार्फत माग गरेका हुन ।
गाउ स्थित नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले निकालेको सयुक्त प्रेश बिज्ञप्तीमा पिकनिकका क्रममा भएको भएको भनिएको यौन दुव्यवहारको बिषयमा कुनै पनि निकायमा उजुरी नहुनु र कार्यलाय भित्र कर्मचारी लाई कुटपिट र दुव्यवहार हुनु दुखद भएको उल्लेख गरेको छ ।
यौन दुव्यवहारका बिषयमा पिडीत भनिएकी महिलाले संवन्धीत निकायमा उजुरी दिने र सोही अनुसार अनुषन्धान पछि कारवाहीको प्रक्रिया गर्नु पर्नेमा जोड दिदै केही मानिसहरु कार्यलायमा अनाधिकृत प्रबेश गरेर कर्मचारी माथी दुरव्यवहार गर्नु अर्को अपराध भएको राजनीतिक दलहरुको विज्ञप्तीमा उल्लेख छ ।

Nabintech