११ बैशाख २०८१, मंगलवार
प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले लिए शपथ


जनकपुरधाम। प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन्। नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आइतबार बिहान शपथ ग्रहण गरेका हुन्।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन्। जनकपुरधामस्थित मधेश भवनमा आइतबार बिहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

Nabintech