१२ श्रावण २०८१, शनिबार
खजुरा गाँउपालिकाको यौन दुर्व्यवहार बारे छानिबिन गरी कार्यवाही गर्न माओवादी केन्द्रको माग


नेपालगन्ज/खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी यौन दुर्व्यवहारको आरोप बारे छानबिन गर्न नेकपा माओवादी केन्द्र खजुराले माग गरेको छ ।
माओवादी केन्द्र खजुरका अध्यक्ष राज कुमार बिकले समाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो माग गरेका हुन । उनले जुन सुकै तहका कर्मचारी भएपनि छानबिन गरि दोशिलाई कार्यवाही र सत्य सार्वजनिक गर्न माग गरेका हुन ।
खजुरा गाउँपालिकामा कार्यरत कर्मचारी मिलेर गत शुक्रबार कैलालीको टिकापुर वनभोज खान गएका थिए । त्यस क्रममा आफुलाई प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुर्व्यवहार गरेको गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानेले खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारमाथी एक कर्मचारी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको बताए । ‘पीडित महिलाले पिकनिक गएको बेलामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले आफुमाथी यौन दुर्व्यवहार भएको बताउनु भएको छ,’ उनले भने ‘ईलाका प्रहरी कार्यालय धनौली खजुराले अहिले प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिइसकेको छ।
उता प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफुमाथी लागेको आरोपमा सत्यता नभएको जिकिर गरेका छन् ।

Nabintech