१३ बैशाख २०८१, बिहीबार
जनतालाई सुलभ सेवा दिन मन्त्री अथकको निर्देशन


कोहलपुर /युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले जनता लाई सुलभ सेवा दिन कोहलपुर क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरु लाई निर्देशन दिएका छन । खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाली सके पछि मंगलवार कोहलपुर क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरु संगको छलफलमा मन्त्री अथकले यस्तो निर्देशन दिएका हुन । उनले सर्बसुलभ सेवाका साथै बिकास निर्माणका काम र बजेटहरु पनि समयमै सम्पन्न गर्न पनि उनले निर्देशन दिए
भेटका क्रममा बिभिन्न सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधीहरुले पुर्वाधार बिकास र नितिगत सुधारगर्न गर्न पर्ने कामका बारेमा मन्त्री अथकको ध्यानाकर्षण गराएका थिए ।
सोही क्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले कोहलपुर क्षेत्रका सरकारी कार्यालयले दिने सेवा लाई प्रभावकारी बनाउदै थप कार्यालयहरु कोहलपुरमा ल्याएर जनता लाई राहात दिन आफुहरु लागि परेको बताए । उनले मालपोत कार्यालयको शाखा , यातायात कार्यालयको ट्रायल सेन्टर लागतयका कामहरु कोहलपुर बाटै गर्न गराउनका लागि पहल थालिएको बताए ।
कार्यक्रममा कोहलपुर क्षेत्रका १ दर्जन बढि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको उपश्थिती हरेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका कोहलपुर नगर अध्यक्ष अवराज खड्का लागयतको पनि सहभागीता रहेको थियो ।

 

Nabintech