७ बैशाख २०८१, शुक्रबार
राप्ती सोनारी वडा नं ५ मा ढुङ्गा गिट्टी बालुवाको राजस्व १ सय मात्रै


राप्ती सोनारी (बाँके)/यदि तपाईलाई सस्तो राजश्वमा नदिजन्य पदार्थ चाहिएको छ भने राप्ती सोनारी वडा न  ५ लाई सम्झीनु होस । सरकारी मापदण्डलाई घाममा सुकाएर वडा कार्यालयले १ सय रुपैयाँ राजश्व लिएर ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्ने अधिकार दिने गरेको छ । उक्त वडा कार्यालयमा दैनिक धेरैको संख्यामा व्यवसायिहरु रसिद काटेर खोलामा उत्खनन् गर्ने गरेका हुन ।

राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का प्रक्रिया सुरु गर्न नसक्दा अवैधरुपमा उत्खनन भई करोडौँ राजस्व गुमेको छ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि बाँकेका नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन तर वडा कार्यालयले भने मनोमानी ढंगले सेटिङ मिलाएर १ सय रुपैयाँ लिए जस्तो गरेर नदी खोलामा गाडी पठाउने गरेको हो । वडा न ५ को राप्ती नदी क्षेत्रमा दैनिक जसो धेरैको संख्यामा खोलामा ट्याक्टरले ओसार पसार गरिरहेको जन गुनासो छ ।

यस बिषयमा वडा अध्यक्ष झगरु थारुले गैरजिम्मेवारी पुर्ण जवाफ दिएका छन् । उनले सहजै रुपमा वडा कार्यालयले कुनै निर्णय नगरि १ सय रुपैयाँको राजश्व लिने गरेको जवाफ दिएका छन । उनले माथी सोधेको मात्रै भनेका छन् । गाउँपालिकाको वोर्ड मिटिङले अवैध उत्खनन गर्ने ट्याक्टर बाट जरिवाना स्वरुप २५ हजार राजश्व लिने भनिए पनि त्यसको वडा कार्यालयले बेवास्ता गरेको हो । वडा सचिव हुमा डाँगीले १ सय रुपैयाँको रसिद काटेको स्वीकार गरिन । नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सुरु नहुँदै १ सय रुपैयाँको जरिवाना काट्ने काम सरासर गलत भएको राप्ती सोनारी गा.पा.का प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले बताएका छन् । उनले कानुन विपरित भएकोले उक्त कार्य तत्काल रोक्न पनि भनेका छन् ।

राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीयवासीले माग गरेका छन् । उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । जल उपभोक्ता समितिको मूल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टेपरी हुँदै सिधनिया पुलसम्मको क्षेत्रमा स्काभेटर र जेसिबी प्रयोग गरेर अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयवासी चमेली बाकवलले बताइन ।

ठेक्का प्रक्रियामा नजाँदा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार भई राजस्व गुम्न पुगेको छ

Nabintech