१३ बैशाख २०८१, बिहीबार
युवालाई राष्ट्रका पक्षमा उपयोग गर्ने युवा निती बनाउदैछौ : युवा तथा खेलकुद मन्त्री अथक


युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उत्पादक शक्ति युवालाई राष्ट्र निर्माणमा उपयोग गर्ने गरी राष्ट्रिय युवा निती र्तजुमा गर्ने तयारी भई रहेको बताएका छन । मन्त्रालय अन्र्तगत राष्ट्रिय युवा परिषदले आयोजना गरेको चालु आ.व.को समिक्षा कार्यक्रममा बोल्दै मन्त्री अथकले सो कुरा बताएका हुन । उनले निती निर्माण र श्रोत व्यवस्थापनको काम संघिय सरकार र कार्यन्यन गर्ने र रिजल्ट दिने काम प्रदेश र स्थानिय सरकारको जिम्मेवारी हुने गरि निती बनाईने बताए । उनले युवाहरु लाई रोजगार, स्वरोजगार बनाउन तथा श्रोतको पनि व्यवस्थापन गरेर आत्म निर्भर बनाउने गरी निती र्तजुमाको काम भई रहेको बताए ।
उनले ४० प्रतिशन युवाको अपेक्षा पुरा गनु पर्ने मन्त्रालय संग कुल बजेटको १ प्रतिसत भन्दा कम बजेट हुन आफैमा दुखद भएको भन्दै सिमीत श्रोतको बिचमा उपलब्धी मुलक काम गर्नु पर्ने अवस्था रहेको बताए ।
बैदेशिक रोजगारमा जाने युवा लाई सिप मुलक बनाउनुका साथै शिप आर्जन गरि सके पछि पनि श्रोत पुजिको व्यवस्थापन गनु पर्ने समेत धारण राखे ।
मन्त्रालयले निकट भविश्यमा अनुभव आदान प्रदान हुने हिसावले सफल युवा उद्यमि र केहि गरौ भन्ने सोच भएका युवाहरु बिच बृहत अन्र्तक्रिया गरि युवाहरुमा उत्साह भर्ने तयारी गरि रहेको बताए । उनले निराश युवाहरु लाई उत्साह थप्ने काम मन्त्रलायको भएको भन्दै युवाहरुलाई उत्पादन मुलक व्यवसाय गरेर आफु अत्म निर्भर बन्ने र देश लाई पनि समृद्ध गर्ने गरि काम गर्न सुझाव दिए ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले रोजगार र स्वरोजगार बनाउने खाले युवा निती बनाउन लागिएको जानकारी दिए । तिन तहको समन्वयमा मात्रै युवालाई रोजगार र स्वरोजगार बनाउन सकिने उनको भनाई थियो । २ दिने कार्यक्रममा युवा परिषद लुम्बीनी र सुदुरपश्चिम प्रदेशा जिल्ला अध्यक्षहरु , दुवै प्रदेशका युवा मन्त्रालयका अधिकारीहरु , स्थानिय तहका युवा तथा खेलकुद बिकास शाखाका प्रमुख अरुको सहभागिता रहेको युवा परिषदका कार्यलय प्रमुख बाबुराम गौतमले जानकारी दिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले संघियता नयाँ अनुभव भएकाले आफ्नो कार्यकालयमा युवाहरुको क्षेत्रमा उत्साहजनक काम गर्न नसकिएको बताउदै तिन तहको समन्वयात्क सहकार्यमा जोड दिएका थिए ।

Nabintech