१६ चैत्र २०८०, शुक्रबार
सुकुम्वासी संघका संयोजक परियार नेतृत्वको टोलीद्धारा भुमिसमस्या बारे ध्यानाकर्षण


अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय संयोजक अम्मर परियारको नेतृत्वको टोलिले राष्ट्रीय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कालाई भुमिहीन तथा सुकुम्वासी क्षेत्रका समस्या समाधानका लागी ध्यानाकर्षण गराएको छ ।
टोलीले छिटो भन्दा छिटो भुमिहीन तथा सुकुम्वासीहरुलाई बसोवास गरेकै स्थानको जग्गा धनि प्रमाण पुर्जा दिनु पर्ने, भुमि आयोगमा बढी भन्दा बढी भुमिहीन तथा सुकुम्वासीहरुकै प्रतिनिधीत्व गराउनु पर्ने लगायतका माग सहितको माग पत्र बुझाईएको संयोजक परियारले जानकारी दिए ।
डेलिकेसन टोलिमा बाँके जिल्लाका भुमिहीन तथा सुकुम्वासीहरुको समेत सहभागिता रहेको थियो ।
टोलिले आगामी स्थानीय तहको निर्वाचन अघि भुमिहीन तथा सुकुम्वासी र अव्यववस्थीत बसोवासीलाई पुर्जा दिन माग गरेको छ ।
टोलिले यस अघि भुमि सुधार मन्त्री शसि श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगायतसंग पनि भेट गरेको थियो । माओवादीका अध्यक्ष प्रचण्डले चुनाव अघि भुमिहिन तथा सकुम्वासी र अब्यवस्थीत बसोवासीले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्ने गरि माओवादी नेतृत्वको भुमि सुधार मन्त्तालयले काम अगाडी बढाएको बताएको नेता अम्मर परियारले जानकारी दिए ।

Nabintech