१३ बैशाख २०८१, बिहीबार
प्रेस सेन्टरको महाधिवेशनको पहिलो दिन नीति तथा कार्यक्रम पारित


प्रेस सेन्टर नेपालको चितवन भरतपुरमा जारी चौथो महाधिवेशनले नीतिगत, सांगठनिक र आर्थिक प्रतिवेदन तथा विधान पारित गरेको छ ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष महेश्वर दाहालले नीतिगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थिाये । नेपाली मिडियाको चित्रण गर्दै प्रतिवेदनमा जनतालाई अधिकार सम्पन्न बनाउँदै समाजवादी आन्दोलन अघि बढाउन मिडिया नीति कस्तो बनाउने भन्ने बिषयमा उल्लेख छ ।
विज्ञान प्रबिधिमा आएको विकासलाई आत्मसात गर्दै न्यू मिडियामा ब्यापक जोड गरेर त्यसमा आम जनताको पहुँच स्थापना गर्ने र सूचना विभ्रमबाट जनतालाई मुक्त कसरी गर्ने भन्ने बिषयमा प्रतिवेदन केन्द्रित छ । हलको सुझावसहित प्रतिवेदन पारित गरिएको छ ।

त्यस्तै महासचिव बिष्णु सापकोटा र कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित भएको छ । महाधिवेशनले विधान पनि पारित गरेको छ । कार्यालय सदस्य मनोज घर्तीले विधान प्रस्तुत गर्नुभएको थियो ।
सो विधानअनुसार सेन्टरको केन्द्रीय समिति १९९ सदस्यीय र पदाधिकारी ३९ सदस्यीय हुने भएको छ । जसमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यलगायत पद कायम गरिएको छ भने सबैतिर ३३ प्रतिशत महिला सहभागिता सुनश्चित गरिएको छ ।

बन्दसत्र संगठनका पूर्वअध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा चलिरहेको छ । भोलि नेतृत्व चयन र भरतपुर घोषणापत्र जारी गर्दै महाधिवेशन सकिने छ । सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको सो संगठनका नेताहरुले जनाएका छन् ।

महाधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो ।

Nabintech