१२ बैशाख २०८१, बुधबार
पाँच दलीय समन्वय समितिले भन्यो : अदालतको गतिरोधको तत्काल निकास खोज्नुपर्छ


काठमाडौं  सत्तारुढ गठबन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको छ ।

मंगलबार बसेको समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् ।

उनीहरुले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् ।

हेर्नुहोस् पाँच दलीय गठबन्धनको विज्ञप्ति

 

Nabintech