१५ चैत्र २०८०, बिहीबार
माओवादी केन्द्र कोहलपुरले आगामी योजना सार्वजनीक गर्यो


कोहलपुर (बाँके)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले आगामी प्राथामिकताका कार्ययोजना सार्वजनीक गरेको छ । भर्खरै निर्वाचित नगर समितिले पत्रकार सम्मेलन मार्फत आगामी प्राथामिकताका कार्ययोजना सार्वजनीक गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिका नवनिर्वाचित नगर अध्यक्ष अवराज खड्काले पार्टी संगठन सुदृढ  र संगठन विस्तारसँगै जनयुद्धका घाइते अपाङगहरुको व्यवस्थापन,सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधान र समग्र कोहलपुरको विकास निर्माणको खाका प्रस्तुत गरेका छन ।
पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले राजनीतिक र वैचारिक योजना तय गर्दै करिब डेढ जर्दन वढी कार्यायोजना सार्वजनीक गरे । उनले  स्कुलिङग पार्टी प्रशिक्षण सम्पन्न गरिने,नगरदेखी सेल कमिटी सम्मको बैठकको क्यालेण्डर तयार गर्ने र जनवर्गिय संगठनलाई व्यवस्थित गरिने बताए ।
यसैगरी सहिद र वेपत्ता परिवारको लागि राहत र संरक्षणको वारेमा ठोस योजना बनाउने, घाइतेको उपचारको प्रवन्ध मिलाउन पहल गरिने,पूर्व जनमुक्ति सेनाको छुट्टै कमिटी बनाई संगठित बनाउने र कोहलपुरको समग्र विकासका लागि सबै राजनीतिक पार्टीसँग सहकार्य गरी ठोस प्रस्ताव तयार गरी प्रदेश सरकार र संघीय सरकारसँग माग गरिने बताए ।
अध्यक्ष खडकाले नापी,मालपोत,यातायात र सिटिइभिटिको कार्यालय कोहलपुरमा स्थापनाका लागि थप पहलकदमि लिने, सुकुमवासी र अव्यवस्थित वसोवासीका लागि जग्गा धनी प्रमाण पुर्जा वितरणका लागि संघीय सरकारसँग माग गर्ने बताए । यसैगरी पार्टी कमिटीको बैठकमा नियमित तीन पटक अनुपस्थित हुने नगर समिति,वडा समिति र टोल समिति लगाएत जुनसुकै कमिटीको भए पनि अनुपस्थित हुनेलाई कमिटीबाट हटाइने उनले बताए । स्थानीय,प्रदेश र संघीय निर्वाचन सम्म सम्पुर्ण कमिटिको दैनिक कार्यको सूचि तयार गरी संगठनको काममा परिचालन गरिने बताए ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति  सदस्य तथा कोहलपुरका इन्चार्ज  नरेन्द्र न्यौपाने,नगर समितिका पदाधिकारीहरु कृष्ण बहादुर थारु,अर्जुन पौडेल र सुरज जागा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव दान बहादुर वली (निर्माण)ले गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Nabintech