१३ बैशाख २०८१, बिहीबार
माओवादी केन्द्र कोहलपुरको अध्यक्षमा अवराज


नेकपा माओवादी केन्द्र कोहलपुर बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कोहलपुर नगर समिति अध्यक्षमा अवराज खड्कालाई निर्वाचित गरेको छ । आज सम्पन्न सम्मेलनबाट खड्का सहित ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुरका इन्चार्ज नरेन्द्र न्यौपानेले जानकारी दिए ।
समितिको वरिष्ट सदस्यमा बद्रि प्रसाद जैशी, उपाध्यक्षहरुमा बल बहादुर खड्का, कृष्ण थारु,सावित्रा पुन, सचिवमा दान बहादुर वली,सहसचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा सुरज जागा निर्वाचित भएका छन ।

निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत जयकृष्ण न्यौपानेले सपथ खुवाएका छन ।
कोहलपुर नगर समितिको सदस्यहरुमा माओवादी केन्द्र कोहलपुरका चर्चिच युवा नेताहरु राजकुमार वि.सी,रोजेश आचार्य, ,दिलिप सोनी, ताराकेसर रिजाल,अम्मर परियार,धर्मसिंह कार्की लगाएतका नेताहरु आएका छन ।
सम्मेलनले नगर सल्लाहकार समिति अध्यक्षमा बिष्णु खनाल र सचिवमा बिष्णु खरेल तथा जेष्ट कम्युनिष्ट मञ्चको अध्यक्षमा तेजप्रसाद चापागाई र सचिवमा उदिराम वलीलाई चयन गरेको छ ।

Nabintech