७ बैशाख २०८१, शुक्रबार
माओवादी खजुराको अध्यक्षमा राजकुमार बिक


नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले पालिका अध्यक्षमा राजकुमार बिकलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बिकसहित ४९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी प्रदेश सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज डम्बर बिक तुफानले जानकारी दिए ।

समितिको उपाध्यक्षमा प्रदीप बिक, गरिबे शेष र टंक पोखरेल, सचिवमा धनराम वली, सह(सचिवमा खड्ग वली र कोषाध्यक्षमा सरस्वती पासी निर्वाचित भएका छन ।

निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा बाँके संयोजक आइपी खरेलले सपथ खुवाएका छन ।

Nabintech