६ बैशाख २०८१, बिहीबार
माओवादी केन्द्र कोहलपुरको दोस्रो नगर सम्मेलनको तयारी पुरा

सम्मेलनले नयाँ नेतृत्व चएन गर्ने छ : नेता न्यौपाने



कोहलपुर (बाँके)/ शनिवार (भोली)हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिको दोस्रो नगर सम्मेलनको तयारी पुरा भएको छ । कोहलपुरको न्युरोड चोकमा हुन लागेको उद्धघाटन सत्रमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी कोहलपुर नगरका ईन्चार्ज युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । उद्घाटन सभा अगाडी कोहलपुरका १५ वटै वडा बाट झाँकी सहितको र्यालीले नगर परिक्रमा गर्ने न्यौपानेले जानकारी दिए । दोस्रो सम्मेलनको शनिवार उद्धटान सत्र र आईतवार बन्द सत्रको आयोजना गरिने छ । बन्द सत्रमा सहभागताका लाग ३ सयका हाराहारीमा नगर प्रतिनिधीहरुको चएन भएको नेता न्यौपानलेले जानकारी दिए । देशभर एक साथ हुन लागको पालिका सम्मेलन अन्र्तगत नयाँ नेतृत्व चएन गरिने माओवादी केन्द्र कोहलपुरले जानाएको छ ।

Nabintech