१२ श्रावण २०८१, शनिबार
मओवादी केन्द्र कोहलपुर नगर अधिवेशन निर्वाचनको कार्यतालिका प्रकाशन


कोहलपुर (बाँके)/ मंसिर ११ गते सम्पन्न हुने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समिति अधिवेशनको निर्वाचन कार्यक्रमको तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
कोहलपुर नगर समिति निर्वाचन समितिले आज मंगलवार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा मंसिर ८ गते १२ बजे मतदाता नामावलीमा दावि विरोध, मंसिर ९ गते ४ बजे मतदाता नामावलीमा दावि विरोधको सूचना प्रकाशन,मंसिर १० गते ११ बजे दावी विरोध माथि छानवीन र निर्णय गर्ने सूचि तय गरेको निर्वाचन समितिका संयोजक प्रज्ज्वल न्यौपानेले नेपाल रेकर्डलाई जानकारी दिए ।
निर्वाचन समितिका संयोजक न्यौपानेका अनुसार मंसिर ११ गते ११ देखि १२ बजे सम्म अन्तिम नामावली प्रकाशन,मंसिर ११ गते २ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता,मंसिर ११ गते २ः३० बजे उम्मेदवारको मनोनयन पत्र दतार्को सूचि प्रकाशन,मंसिर ११ गते ३ बजे उम्मेदवारको विरोधमा उजुरी दिने र मंसिर ११ गते ३ः३० बजे उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना प्रकाशनको कार्यतालिका रहेको छ ।
यसै गरि मंसिर ११ गते ४ बजे उजुरी उपर छानवीन र निर्णय,मंसिर ११ गते ४ः३० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन,मंसिर ११ गते ५ बजे उम्मेदवारको नाम फिर्ता र मंसिर ११ गते ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ ।
यसै गरी मंसिर १२ गते ११ बजेदेखी ३ बजे सम्म मतदानका लागि समय निर्धारण गरिएको छ । निर्वाचन सकिएपछि मतगणना सुरु गरिने पनि न्यौपानेले नेपाल रेकर्डलाई बताए । उनले आवश्यक्ता अनुसार निर्वाचन कार्यतालिकाको समय परिवर्तन हुन सक्ने बताए ।

 

 

Nabintech