१३ बैशाख २०८१, बिहीबार
मुगु हिडेको सुचना तथा प्रसारण विभागका निर्देशक भट्टराई सहितको टोलीलाई नेपालगञ्ज बिमान स्थलमा स्वागत


बाँके । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जान लागेको सुचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्ज बिमान स्थलमा बाँकेका पत्रकार तथा मानव अधिकारकर्मीले स्वागत गरेका छन ।
सुचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीमा शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद रेग्मी, प्राध्यापक डा विजय मिश्रा, खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदीलाई नेपालगञ्ज बिमान स्थलमा बाँकेका पत्रकार तथा मानव अधिकारकर्मीले स्वागत गरेका हुन ।
प्रेसपास ल्याउने, नविकरण गर्ने तथा पत्रपत्रिका र अनलाईन दर्ता नविकरण गर्नका लागि काठमाडौं धाउनु पर्ने दुर्गमका पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै विभागको टोली मुगुमै पुगेर सेवा दिने सुचना विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताए ।
प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि क्षमता विकास तालिम समेत संचालन गरिने प्रमुख शर्माले जानकारी दिए ।

सूचना तथा प्रसारण विभागका निर्देशक भट्टराईले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर संचालन गरिदै आएको बताए । उनले,‘ रिपोटिङ संगै महत्वपुर्ण काममा प्रेस पास अति आवश्यक पर्ने बताउदै पत्रकारहरुको सुरक्षा बीमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष हुने बताए ।’
यसअघि विभागको टोलीले साविकको कर्णालीको केहि दुर्गम जिल्लामा प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको थियो । विभागको टोलीलाई नेपालगञ्जबाट मुगु प्रस्थान गर्नु पुर्व स्वागत गरेको पत्रकार तथा अधिकारकर्मी आलम खानले नेपाल रेकर्डलाई बताए ।

Nabintech