४ बैशाख २०८१, मंगलवार
माओवादी केन्द्र राप्ती सोनारीको वडा सम्मेलन सम्पन्न

राप्ती सोनारी १ को अध्यक्षमा सुरेश महरा



राप्ती सोनारी (बाँके)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राप्ती सोनारी वडा नं १ को अध्यक्षमा सुरेश महरा चएन भएका छन । राप्ती सोनारी १ को प्रथम वडा सम्मेलनबाट उपाध्यक्षमा कमला चौधरी,सचिवमा हंस कुमाल,कोषाध्यक्ष लक्ष्मण खड्का,सह सचिव यशोदा बिक लगायत २६ सदस्यीय वडा समिति चएन भएका छन ।
वडा सम्मेलन उद्धघाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले कुशुम क्षेत्रको बिकासका लागि आफ्नो मन्त्रालयका तर्फबाट समग्र बिकासका लागि आफुले पहल गर्ने बताए । उनले कुशुम क्षेत्रको बिधुतीकरण, तट्बन्ध लगायतका कामका लागि आफुले पहल गरि रहेको जानकारी दिए ।
उनले जनयुद्धमा ७ जना छोराछोरी गुमाएको राप्ती सोनारी १ कुशुम क्षेत्र सम्भावना बोकेको क्षेत्र भएको बताए ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले जनयुद्धमा कुसुम क्षेत्रका जनताले ठुलो लगानी गरेको बताईन । उनले कुशुम क्षेत्रको बिकासका लागि आफुले पहल लिने बताईन । आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिईन ।
कार्यक्रममा संबिधान सभा सदस्य पटु थारु प्रदिप, चिम बहादुर घर्ति निर्मल,कमानसिंह खनाल,सुर्य प्रकाश घर्ती मगर लगाएतको उपस्थिती थियो ।
यस अघि राप्ती सोनारी गाँउ पालिका वडा नं २ मा अर्जुन केसी
वडा नं ३ मा हरि प्रसाद थारु, वडा नं ४ मा मिन राज खड्का वडा नं ५ मा सबिन पुन,वडा नं ६ मा गोबिन्द दहित, वडा नं ७ मा जितेन्द्र जिसी, वडा नं ८ मा लोक बहादुर खत्री र वडा नं ९ दल बहादुर खड्का भएन भएको राप्ती सोनारी गाँउपालिका का अध्यक्ष चिम बहादुर घर्ति निर्मलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ दर्जन बढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

Nabintech