१६ चैत्र २०८०, शुक्रबार
बाँके कांग्रेस प्रदेशसभा १ (ख) को सभापतिमा संस्थापन इतर समूहका बलराम शर्मा निर्वाचित


कोहलपुर / नेपाली कांग्रेस बाँके प्रदेशसभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा संस्थापन इतर समूहका बलराम शर्मा निर्वाचित भएका छन् ।

संस्थापन समूहका महाविर वलीलाई हराउँदै शर्मा सभापतिमा निर्वाचित भएका हुन् । शर्माले १८९ मत ल्याए । उनका प्रतिद्वन्दी वलीले १४६ मत पाएका छन् । पदाधिकारी सबैमा शर्मा नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ ।

उपसभापतिमा डा.राजकुमार सुवेदी र भाइराम वली, सचिव भिम प्रसाद पौडेल र लिल बहादुर राना तथा सहसचिवमा यज्ञराज सापकोटा र रुपलाल बुढाथोकी निर्वाचित भएका छन् ।

Nabintech