११ बैशाख २०८१, मंगलवार
बार अध्यक्ष कट्किदै भने : प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेका फैसलाको सूचना दिनू


नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध आग्रह गरेका छन्।
सोमबार सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गरेका हुन्।
उनले प्रधानन्यायाधीश जबराले गरेका फैसलाहरूले विकृति, विसंगति, विचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि त्यसबारेमा अध्ययन र प्रमाण संकलन गरिरहेको बताए।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताबीच पेश गरिने बताए।
उनले न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए।

अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए।

‘हाम्रो यो हप्ताको कार्यक्रममा पनि दलहरु अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहनु भएको छ। के न्यायपालिका राज्यको अंग होइन रु राज्यको एउटा महत्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने होरु’, उनले प्रश्न गरे, ‘हामीले किन राजीनामा मागिरहेका छौँ भन्नेबारे प्रतिनिधिसभा दलहरूसँग कुरा गरिरहेका छौँ। २ बजे कार्यक्रम छ, त्यसपछि राजीनामा किन मागेका छौँ भन्ने कुरा डिटेल्समा तपाईँहरुबीचमा राख्नेछौँ।’

उनले विवादित प्रधानन्यायाधीश संलग्न भएका फैसलाले विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको बताउँदै त्यस्ता विवरण बारले संकलन, अध्ययन गरिरहेको बताए।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए।

उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरुको मुद्दामा मात्रै काम गरिरहेको तर १५/१६ वर्ष अघिका मुद्दा नहेरेको दाबी समेत गरेका छन्।

 

Nabintech