७ बैशाख २०८१, शुक्रबार
माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाए : प्रचण्ड


चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन्। चितवनमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन्।’

उनले माले प्रतिक्रान्तिकारी रहेको टिप्पणी पनि गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको उनको भनाई छ। प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरे। ‘बालुवाटारबाट गलहत्त्याएर बालकोट र सातै प्रदेशबाट गलहत्त्याएर घरघरमा पुर्यााउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ।’

माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र भएपछि सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गराएको प्रचण्डले बताए। उनले जनताको बलमा नै प्रतिनिधिसभा पुनर्स्थापना भएको दाबी गरे। उनले जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको बताउँदै अगाडि भने, ‘हामी सुस्ताएका थियौं, अब फेरि जागेका छौं भनेर जनतासामु भन्न सक्नुपर्छ।’

Nabintech