१२ बैशाख २०८१, बुधबार
ओलीका गतिविधि राजतन्त्र फर्काउने तिर केन्द्रित : मोहनबिक्रम सिंह


दाङ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिहरु राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित भएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले कम्युनिष्ट पार्टीको अध्यक्षले दुई र दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने बताए ।

उनले ओलीको यी गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको आरोप लगाए । उनले भने, “महामन्त्री सिंहले भने, “ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको छ ।”

Nabintech