१३ बैशाख २०८१, बिहीबार
शेयर मार्जिन लोनको सिमा १०/३० बनाउने राष्ट्र बैंकको तयारी


काठमाडौं । नेपाल राष्ट्र बैंकले यहि साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आफ्नो मौद्रिक समिक्षा मार्फत हालको तरलता अभावको सम्बोधन र शेयर बजारका लगानीकर्ताहरुले आलोचना गरिरहेको शेयर मार्जिन लोन सम्बन्धिको प्रावधान परिमाजर्न गर्ने हल्ला बजारमा व्यापक रहेको छ ।

शेयर बजारका लगानीकर्ताहरु पनि मौद्रिक नीति मार्फत शेयर बजार कारोबारका लागि बैंकहरुले उपलब्ध गराउने ऋणको सिमा परिमार्जन गर्ने तयारीमा राष्ट्र बैंक रहेको बताउँछन् । मौद्रिक नीतिको समिक्षा मार्फत ४र१२ को नीतिलाई परिमार्जन गर्ने तयारीमा राष्ट्र बैंक रहेको शेयर लगानीकर्ता निर्मल प्रधानले बताए । उनले भने, ‘कम्पनीहरुको शेयर मार्जिन लोनको सिमा फ्रि गरिदिने र व्यक्तिगत शेयर मार्जिन लोनका लागि जुन ४र१२ को नीति छ त्यसलाई परिमार्जन गरेर १०/३० पुर्याउने तयारी गरिएको भन्ने सुनेको छु ।’
त्यस्तै, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले मौद्रिक नीतिले जुन ४र१२ को नीति ल्याइएको छ त्यसलाई समिक्षामा परिमार्जन गर्नुपर्ने बताए । उनले भने, ‘४र१२ को नीतिका कारण शेयर बजारमा धेरै नै असर परेको छ । शेयर बजारमा पहिलादेखि खाइपाइ आएको सुविधालाई कटौली गर्न नहुने हो । ४र१२ को लिमिट जुन छ त्यो ल्याउनै नहुनु पर्ने हो । किन ल्याइयो रु यो नीतिका कारण पुँजी बजार नै उथल पुथल भएको छ ।’

उनका अनुसार बजारमा पैसा टनाटन थियो । अचानक सिसिडी रेसियोलाई सिडी रेसियो गरियो । यसले गर्दा बैंकहरुमा लोन कम भयो । यसमा राष्ट्र बैंकले अंकुस लगायो । यसले गर्दा ब्याजदर बढ्यो । ब्याजदर बढेका कारण समग्र अर्थतन्त्रलाई नै असर पारेको छ । राष्ट्र बैंकले सिडी रेसियो राख्ने नै भए यसमा लोनलाई केहि खुकुलो गरिदिनु पर्ने समेत उनले बताए ।

शेयर बजार उकालो लाग्ने वित्तिकै गतल अर्थ लगाउन गरिएको भन्दै रौनियार भन्छन्, ‘पुँजी बजार पनि मुलुकको अर्थतन्त्रको प्रमुख ऐना हो । शेयर बजार बढ्यो भने यसमा पोजेटिभ रुपमा लिएर यो अनुसारको पोलिसी बनाउनु पर्छ ।’ उनले पुराना विचारधारा भएका पोलिसीले अहिलेको शेयर बजारमा काम नलाग्ने बताए । उनले भने, ‘यसमा पर्मानेन्ट पोलिसी आउनु पर्छ । पुरानो तरिकाले पोलिसी बनाउनु हुँदैन । त्यसरी बनाएर अब काम पनि छैन । पुँजी बजार विकास विस्तारका लागि नयाँ विचारधार भएका पोलिसी ल्याउनु पर्छ ।’

नेपाल राष्ट्र बैंकले हामी त अर्थतन्त्र हेर्ने हो बैंक हेर्ने हो पुँजी बजारको मतलव नभएको झै गर्ने गरेका गुनासो गर्दै उनले भने, ‘पुँजी बजार चाँही के नेपालको अर्थतन्त्रको पाटो होइन र रु’ साथै, उनले राष्ट्र बैंक र अर्थमन्त्रालयले पुँजी बजारलाई सपोर्ट हुने दिगो नीतिहरु ल्याएर राम्रो गर्नु पर्ने उनले बताए । साथै उनले जुन पहिलादेखि खाइपाइ आएको सुविधा छ त्यो कटौती गर्न नहुनु पनि बताए । यता ब्याजदर बढ्न नदिन नेपाल राष्ट्र बैंकले चाडै नै निर्णय गर्नुपर्ने पनि उनले बताए ।

त्यस्तै, अर्का एक पुराना लगानीकर्ताले नेपालको शेयर बजार सहि दिशामा अघि बढिरहेको बताए । उनले भने, ‘शेयर बजारमा ऋणको कुनै पनि सिमाले असर गर्दैन । हाल नेप्से चौथो वेब पार गरेर पाँचौँ वेबको तयारीमा रहेको हुनाले बजार सहि गतिमा छ ।’ उनका अनुसार अबको ६ देखि ७ महिनामा चौथो वेबको अन्तिम विन्दु शेयर बजारले ३२ सय पार गर्नेछ ।

Nabintech