१३ बैशाख २०८१, बिहीबार
यी युवतीले एक मिनेटमा स्याउ फुटाउँदा विश्व रेकर्ड


संसारभर मानिसले आफ्नो नाम गिनीज बुक अफ वर्ड रिकर्डमा आफ्नो नाम लेखाउनका लागि विभिन्न प्रकारका अनौठा काम गर्ने गरेका छन् । यसै कार्यका लागि एक युवतीले हालै एक मिनेटमा सबैभन्दा धेरै स्याउ फोर्नेमा आफ्नो नाम दर्ज गरेकी छन् ।उनले आफ्नो पाखुरामा च्यापेर सबैभन्दा धेरै स्याउ फोरेको रेकर्ड बनाएकी हुन् । लिन्डबर्ग नामकी ती महिलाले स्याउलाई एक–एक गर्दै तोडेको भिडियो सार्वजनिक भएको हो । यसै सन्दर्भमा उपस्थित दर्शकहरुले उनको तारिफ पनि गर्रै ताली बजाएका छन् । यतिमात्र होइन भिडियोमा युवतीले फ्राइङ प्यानलाई घुमाउँदै एउटा मोटो किताब च्यातेको पनि देखाइएको छ ।

यो भिडियो गिनिज बुक अफ वल्र्ड रेकर्डको इन्स्टाग्राममा सेयर गरिएको छ । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘लिङ्से डिन्डवर्गद्वारा एक मिनेटमा आफ्नो बाइसेप्सले फुटाएको सबैभन्दा धेरै स्याउ १० रहेको छ ।’ सोही पोस्टको कमेन्टमा गिनिज वल्र्ड रेकर्ड ह्याण्डलद्वारा लेखिएको छ, उनी एक मजबुत महिला हुन् उनलाई मञ्चमा मामा लू नामले पनि चिनिन्छ ।

यसका साथै ती युवतीले तासका ५ गड्डीलाई एक मिनेट भित्र च्यात्ने रेकर्ड पनि बनाएकी छन् । साथै उनले एक मिनेट भित्र टेलिफोन डाइरेक्ट्रीलाई दुई हिस्सामा च्यात्ने काम पनि गरेकी छन् । दुई दिन पहिले सेयर गरिएको यो भिडियोले अहिले ६५ हजारभन्दा धेरैले लाइक र धेरै नै कमेन्ट पाइसकेको छ ।

 

Nabintech